दफा ६०
खारेजी र बचाउ
(१) खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ खोरेज गरिएको छ। (२) खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(३) खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ बमोजिम गठित आयोगको नाममा रहेको चल, अचल. सम्पत्ति तथा दायित्व मन्त्रालयमा सर्नेछ ।

(४) यो ऐन प्रारम्भ हुँदाका बखत खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ बमोजिमको आयोगमा उजुरी दर्ता भई छिन्न बाँकी उजुरी यस ऐन बमोजिमको खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगमा सर्नेछन्‌।